Home » News

Media Coverage

नागरिकहरु बित्तीय रुपमा साक्षर हुदै

Date: Feb 09, 2015

भगिरथ अवस्थी/ माघ २० बैतडी ।

पछिल्लो समयमा बैतडीका ग्रामिण क्षेत्रका नागरिकहरुे बित्तीय रुपमा साक्षर हुँदै गएका छन् ।

 

परिवारको बार्षिक बजेट,बचत योजना, ऋणको सदुपयोग, फजुल खर्च कटौती गर्ने तर्फ उनीहरु अग्रसर हुन थालेका हुन् । मर्सीकोर नेपालको सहयोगमा संचािलत सफल परियोजनाले विभिन्न गाविसमा बित्तीय साक्षरता कक्षाहरु संचालनमा ल्याएपछि उनीहरुमा बित्तीय क्षेत्रको बारेमा थाहा भएको भूमीराज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहन बहादुर बिष्टले बताउनुभयो ।

 

बित्तीय साक्षरता कक्षामा सहभागी भएपछि बचत,ऋण, पारिवारिक बजेट लगायतका बिषयमा थाहा भएको श्रीकेदारमा रहेको भूमीराज बचत तथा ऋण सहकारी संस्थाका सदस्य धाना भाटले बताउनुभयो । सानो सानो बचतले ठूलो पूँजी हुने कुराहरु आफूले बित्तीय साक्षरता कक्षाबाट सिकेको उहाँले बताउनुभयो ।

 

ग्रामिण क्षेत्रका नागरिकलाई बित्तीय सेवाका बारेमा जानकारी दिने तथा बित्तीय क्षेत्रमा पहुँच पुर्याउनका लागि सफल परियोजनाले विभिन्न सहकारी संस्था तथा लघुबित्त बित्तीय संस्थाहरुको साझेदारीमा बैतडीमा बित्तीय साक्षरता कक्षाहरु संचालन गर्दै आएको छ । २६ दिने कोर्स रहेको बित्तीय साक्षरता कक्षामा बचत,बजेट,ऋण लगायत मानिसको दैनिक जीवनसंग सरोकार राख्ने आर्थिक क्षेत्रका कुराका बारेमा छलफल गरिने मर्सीकोर नेपालका बरिष्ठ परियोजना अधिकृत रमेश जोशीले बताउनुभयो ।


Click here for more information